सामाजिक फीड-
जनकपुरधाम,माघ ५ गते ।
अन्तरिम सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचारप्रसार क्रममा मन्त्री गुप्ता जनकपुरधाममा छन् ।
गुप्ता रास्वपाको तर्फबाट चुनाव लड्ने तयारीमा छन् । जनकपुरधाममा रहेका मन्त्री गुप्ताले आफूले राजीनामा दिइसकेको बताए । गुप्ता काठमाडौँ महानगरपालिकाका मेयर पदबाट राजीनामा दिएका रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) लगायतसँग जनकपुरधाममा छन् ।
उनी आज बिहान बलिदानी दिवसको अवसरमा मधेस आन्दोलनका सहिदको शालिकमा माल्यापर्ण गर्दा उपस्थित थिए ।
आज दिउँसो १ बजेपछि जनकपुरधामको तिरहुतिया गाँछीमा रास्वपाले कार्यक्रम गर्दै छ ।