Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, माघ १
गते ।

विराटनगरबाट राजबिराज आउँदै गरेको ट्रक सुनसरीमा दुर्घटनामा पर्दा ५ जनाको मृत्यु भएको छ।
बिहीबार बिहान साढे ५ बजे हुलाकी राजमार्गबाट राजविराजतर्फ आउँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक पल्टिँदा ५ जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्काले भोक्राहा नरसिंह गाउँपालिका ८ मा ट्रक अनियन्त्रित भई पल्टिँएको बताए ।
दुर्घटनामा परेत ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्र गुरूङको मृत्युु भएको हो ।

मृत्यु भएका सबै सुनसरीको बर्जु गाउँपालिका वडानम्बर १ का बासिन्दा हुन्।
मार्बल बोकेको ट्रकको पछाडि ५ जना र अगाडि चालकसहित ४ जना सवार रहेकोमा पल्टिँदा पछाडि सवार सबै जनाको मृत्यु भएको डिएसपी खड्काले बताए ।

अगाडि बस्ने तीन जनाको विराटनगरस्थित अस्पतालमा उपचार भइरहेको र चालक फरार भएकाले खोज्ने काम भइरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *