सामाजिक फीड-
जनकपुरधाम, पुस १६ गते ।
मधेश सरकारले आज मन्त्री परिषद विस्तार गर्न लागेको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज आफ्नो दल काँग्रेस, जसपा नेपाल, नेकपा माओवादी केन्द्र लगायत सातदलीय गठबन्धनबाट मन्त्री विस्तार गर्न लागेका हुन् ।
उनी गत मंसिर १९ गते सात दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । पहिलो पटक उनले मंसिर २१ गते पद तथा गोपनियताको सपथ लिँदै मन्त्री परिषद गठन गरेका थिए । त्यसपछि दोस्रो पटक मंसिर २९ गते र तेस्रो पटक आज विस्तार गर्न लागेका हुन् ।
आजै ती दलहरुबाट मन्त्री नियुक्त गरेर सपथ खुवाउने तयारी गरिएको मुख्यमन्त्री सचिवालय स्रोतले जनाएको छ ।