सामाजिक फीड-
जनकपुरधाम, पुस ९ गते ।
सर्लाहीको लालबन्दीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्रु मलङ्गवा नगरपालिका–७, मुसैली बस्ने ७० वर्षीय रामविलास महतो छन् ।
पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुर लखन्देही पुलमा नवलपुरबाट हरिवनतर्फ जाँदै गरेको ना ६३ प ५६९४ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा महतो गम्भीर घाइते भएका थिए ।
नवलपुरमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि वीरगन्ज लैजाँदा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार लालबन्दी नगरपालिका–१७, रानिगन्जकी २९ वर्षीया बिर्सनामाया भुजेल सामान्य घाइते भएकोमा उपचारपश्चात उनी भने डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।