Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस ३ गते ।

प्रतिनिधिसभा निर्वाचननका लागि नेपाली कांग्रेसले सर्लाही क्षेत्र नं. ४ बाट उम्मेदवार सिफारिस मापदण्ड विपरीत गरेको आरोप लागेको छ ।
आगामी फागुन २१मा हुने निर्वाचनका लागि सर्लाही ४ क्षेत्रीय कार्यसमितिको मंसिर २३ मा भएको बैठकबाट मधेश प्रदेशसभा सदस्य विरेन्द्र प्रसाद सिंहको एकल नाम सिफारिस गरिएको थियो ।
नेपाली कांग्रेसका महासमिति सदस्य इन्जिनियर डा। राजेश्वर सिंह कुशवाहाले सो सिफारिस मापदण्ड विपरीत भएको आरोप लगाएका हुन् ।
उनका अनुसार केन्द्रीय समितिले मंसिर १५ र १७ मा पठाएको १० बुँदे मापदण्डमा हाल बहाल प्रदेशसभा सदस्यलाई उम्मेदवार सिफारिस गर्न नपाइने र प्रत्यक्षतर्फ एक महिलासहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ ।
तर मापदण्डविपरीत प्रदेशसभा सदस्य सिंहको एकल नाम सिफारिस गरिएको र आफ्नो उम्मेदवारी निवेदनसमेत दर्ता नगरिएको उनको आरोप छ ।
दावेदारी प्रस्तुत नै नगरेका व्यक्तिको नाम सिफारिस गर्नु अलोकतान्त्रिक, स्वेच्छाचारी र बाहुबली प्रवृत्ति भएको भन्दै उनले आपति जनाएका हुन् ।
कुशवाहाले यसबारे मंसिर २४ गते नै केन्द्रीय तथा प्रदेश पदाधिकारीलाई जानकारी गराइसकेको बताउँदै मंसिर २५ मा केन्द्रबाट पुनस् मापदण्ड पालना गर्न जारी परिपत्रको आधारमा उक्त सिफारिस निर्णय अविलम्ब खारेज गर्न माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *