सामाजिक फीड-
जनकपुरधाम, पुष २ गते ।
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार विश्वासको मत लिने भन्दै प्रदेश सभामा पत्र पठाएका छन् ।
शुक्रबार दिउँसो ४ बजे विश्वासको मत लिने भन्दै मुख्यमन्त्री यादवले त्यसका लागि व्यवस्था मिलाईदिन मधेस प्रदेशसभालाई अनुरोध गरेका हुन् ।
गत मंसिर १९ मा ६ दलको ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका संसदीय दलका नेता यादव नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिने भन्दै बुधबार पत्र पठाएका हुन् ।
उनी नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।