Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुष २ गते ।

मधेस प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । हाल रिक्त रहेको सभामुख चयनको प्रक्रिया अगाडि बढाउन प्रदेश सभा सचिवालयले बैठक आह्वान गरेको हो ।

प्रदेश सभा बैठकअघि आज बिहान ११ बजे उपसभामुख बबिता राउत ईशरको कार्यकक्षमा सर्वदलीय बैठक बोलाइएको छ ।
प्रदेश सभा बैठकबाट सभामुख निर्वाचन प्रक्रिया अनुमोदन गरी त्यसलगत्तै निर्वाचन कार्यतालिका सार्वजनिक गरिने सचिवालयले जनाएको छ ।

गत मंसिर ३ गते तत्कालीन सभामुख रामचन्द्र मण्डलले पदअनुकूल आचरण नगरेको प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएपछि सभामुख पद रिक्त भएको थियो ।

हाल मधेस प्रदेश सरकारमा सात दल सहभागी छन् । नेपाली कांग्रेसले मुख्यमन्त्री पाएको छ भने गठबन्धनको दोस्रो ठूलो दल जसपा नेपालले सभामुख पदमा दाबी गर्दै आएको छ ।

यता, मन्त्रीपरिषद् विस्तारपछि सत्तारुढ सात दलबीच मतभेद देखिन थालेको छ । जनमत पार्टीले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय नपाएको भन्दै पार्टी उपाध्यक्ष वसन्त कुशवाहाले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाउँदै सरकार छाड्ने चेतावनी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *