सामाजिक फीड-
जनकपुरधाम, पुष ९ गते ।
भारतको उत्तरप्रदेशको मथुरामा मंगलबार बिहान भएको सडक दुर्घटनामा जलेर कम्तीमा ४ जनाको मृत्यु भएको छ। आज बिहान करिब ४ बजेको समयमा ७ बस, ३ कार एकआपसमा ठोक्किँदा बसमा आगो लागेको थियो।
भारतीय सञ्चारमाध्यामले बसमा आगो लाग्दा ४ जनाको जलेर मृत्यु भएको जनाएका छन्। दुर्घटनामा परेकाहरुलाई २० वटा एम्बुलेन्सले १ सय ५० बढी घाइतेलाई अस्पताल पुर्याएको जनाइएको छ।
स्थानीय प्रहरीले एक्सप्रेस वेमा भएको दुर्घटनापछि सडकमा चित्कार मच्चिएको जनाएको छ।
बाक्लो हुस्सुका कारण ठूलो दुर्घटना भएको प्रहरीले जनाएको छ।
बसहरू एकआपसमा ठोकिने बितिकै उद्दार्कर्ताहरु पुगेका थिए।