सामाजिक फीड-
जनकपुरधाम, मंसिर २९ गते ।
मधेश सरकारको मन्त्रिपरिषद विस्तार भएको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबाटले थप दुई मन्त्री नियुक्त गर्दै पद तथा गोपनियताक सपथ लिएका हुन् ।
माओवादी केन्द्रका जवाहरलाल कुश्वाहा उर्जा, सिँचाइ तथा खानेपानी मन्त्री र लोसपबाट रानी कुमारी तिवारी शिक्षा तथा संस्कृति रबनेका छन् ।
यस्तै गत मंसिर २१ गते बिनाविभागीय मन्त्री नियुक्त भइ सपथ लिएका कांग्रेसका जंगिलाल रायले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेकपा एसका कनिष पटेलले उधोग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ । जनमत पार्टीका महेशप्रसाद यादवले यसअघि नै अर्थ मन्त्रालयको जिम्मेवारी पाएका थिए । यससँगै मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् ६ सदस्य बनेको छ ।
अहिले मधेस सरकारमा कांग्रेसका मुख्यमन्त्री र एक मन्त्री, नेकपा एस, जनमत पार्टी, लोसपा र माओवादी केन्द्रका १– १ जना सहभागी छन् ।
जसपाबाट अहिलेसम्म कोही सरकारमा सहभागी छैनन् । गत मङ्सिर १९ गते सातदलीय गठबन्धनको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री यादवले आगामी पुष ४ गते विश्वासको मतसमेत लिनुभएका छन्।