Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर २९ गते ।

मधेस प्रदेश सभामा सभामुख चयनको प्रक्रिया अघि बढाउन प्रदेश सभा बैठक आह्वान भएको छ । प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै बुधबार दिउँसो दिनको १ बजेका लागि प्रदेश सभाको बैठक बोलाइएको जनाएको हो ।

प्रदेश सभाको उक्त बैठकबाट सभामुख निर्वाचन प्रक्रियालाई अनुमोदन गरिनेछ । त्यसपछि सभामुख निर्वाचनसम्बन्धी कार्यतालिका प्रकाशित गरिने प्रदेश सभा सचिव बासुप्राद कोइरालाले जानकारी दिए ।

जनता समाजवादी पार्टी ९जसपा० नेपालका प्रमुख सचेतक रामअशिस यादवले सभामुख निर्वाचन प्रक्रिया अघि बढाउनकै लागि बैठक बोलाइएको बताए । उनले मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिएमा प्रदेश सभा बैठक निरन्तर सञ्चालन हुने, अन्यथा बैठक स्थगित गरिने जानकारी दिए ।

यसअघि गत मंसिर ३ गते तत्कालीन सभामुख रामचन्द्र मण्डलले पदअनुकूल आचरण नगरेको प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएपछि उनी पदमुक्त भएका थिए ।

हाल मधेस सरकारमा सात दल सहभागी छन् । गठबन्धनमा नेपाली कांग्रेसले मुख्यमन्त्री पाएको छ भने गठबन्धनभित्र दोस्रो ठूलो दल रहेको जसपा नेपालले सभामुख पदमा दाबी गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *