Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर २८ गते ।

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव नेकपा एमालेको जारी ११औँ महाधिवेशनपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । उनले सत्ता गठबन्धन भित्र भागवण्डा गरी विश्वासको मत लिए पश्चात मात्र मन्त्री परिषद विस्तार गर्ने रणनीति लिएका छन् ।

एमालेको महाधिवेशन पश्चात मात्र विश्वासको मत लिने एक सांसदले बताए । गत मंसिर २६ गते सत्ता गठबन्धनको बैठक बसेको थियो । तर जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव अनुपस्थित भएपछि बैठक विना निष्कर्ष सकिएको थियो । एमालेको महाधिवेशन चलिरहेकाले विपक्षी दलका अनुपस्थित बीच विश्वासको मत लिनु उचित नहुने सत्ता गठबन्धनको बुझाइ छ ।

कांग्रेसका मधेस प्रदेश संसदीय दलका नेता यादव मंसिर १९ गते एमालेबाहेकको सात दलीय गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका हुन् । उनले मंसिर २१ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।

भौतिक पूर्वाधार मन्त्रालयमा जसपा र माओवादी केन्द्र दुवैले दाबी गरेपछि सहमति हुन नसकेको बताइएको छ । यसैबिच सत्तारुढ दलहरूबिच मधेस प्रदेश सभाको सभामुख चयनमा पनि सहमति हुन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *