सामाजिक फीड
जनकपुरधाम, मंसिर २९ गते ।
मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त भएका छन्। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६० को उपधारा (४०९ख) अनुसार महतोलाई पदमुक्त गरेका हुन्।
गत शुक्रबार ६ दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा नियुक्त भएका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिएपछि मुख्य न्यायाधिवक्तालाई पदमुक्त गर्न सिफारिस गरेका थिए।
महतो जनमत पार्टी नेतृत्वमा रहेको सतिशकुमार सिंहको सरकारले जनमत पार्टीको कोटाबाट मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए।
महतोले नेपालको संविधानको धारा १६८ को उपधारा ९३० अनुसार नियुक्त मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध नेपाली कांग्रेससहित ७ दलले सर्वोच्च अदालतमा दायर गरेको रिटमा मधेस सरकारका तर्फबाट बहस गर्दै आएका थिए।