Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, मंसिर २ गते ।

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनलाइ प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथ खुवाए। यादव मंसिर २४ गते विश्वासको मत लिने तयारीमा रहेका छन्।

कांग्रेस संसदीय दलका नेता यादव मंसिर १९ गते ७ दलका ७७ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। उनलाई कांग्रेस, जसपा नेपाल, जनमत, तत्कालीन माओवादी केन्द्र, लोसपा र तत्कालीन एकीकृत समाजवादीका सांसदहरूले समर्थन गरेका थिए।

संविधानको धारा १६ को ३ बमोजिम ठूलो दलका रूपमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले मंसिर १७ गते राजीनामा दिएपछि मधेश सरकारको नेतृत्व कांग्रेस नेता यादवको जिम्मामा आएको हो।

गत कार्तिक २३ गते राति संविधानको धारा १६८(३) बमोजिम एमालेका यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको निर्णयविरुद्ध सातदलीय गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन र त्यो नपाए उपधारा १६८९२० अनुसार नयाँ सरकार गठन गर्न आदेश दिएको थियो।

प्रदेशसभामा सम्बोधन गर्दै सरोज कुमार यादवले राजीनामा घोषणा गरेपछि गठबन्धनका दलहरूले कांग्रेस नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्रीका रूपमा चयन गरेका थिए। उनले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी समेत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *