Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, मंसिर २ गते ।

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देखि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यदेखी सुरु हुँदैछ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन कार्यक्रम अनुसार समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिन सक्ने जानकारी दिए ।

उनले प्राप्त भएका निवेदन उपर अध्ययन गरी मंसिर २६ गतेसम्म स्वीकृत गरिने बताए ।
यस्तै आगामी पुस १३ र १४ गते समानुपातिक तर्फका उम्मेद्वारको बन्दसूची पेश गर्ने समय तोकिएको छ । प्रवक्ता भट्टराईले बन्दसूची पेश गर्दा ५० प्रतिशत महिला हुनुपर्ने जानकारी दिए ।

प्रारम्भिक सूची माघ ४ मा प्रकाशित गर्ने तालिका छ । प्रारम्भिक सूची उपर दाबी विरोध र उजुरीको छानविन गरी माघ २० मा बन्द सूचीको अन्तिम प्रकाशन हुनेछ ।

विद्यमान कानुन अनुसार प्रतिनिधिसभाका २७५ सदस्यको चयन प्रत्यक्ष र समानुपातिक गरी दुई प्रणालीबाट हुनेछ । जसमा १६५ सदस्यको प्रत्यक्ष र बाँकी ११० सदस्यको चयन समानुपातिक प्रतिनिधित्वद्वारा गरिने कानूनी व्यवस्था रहेको छ ।
प्रत्यक्षतर्फको आगामी माघ ६ मा उम्मेद्वारी मनोनयन गर्ने कार्यतालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *