Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर १२  गते ।

आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभाको चुनावमा भाग लिन चाहने दलको संख्या १०८ पुगेको छ ।

बिहीबार बेलुकीसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नेको संख्या १०८ पुगेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

निर्वाचनका लागी दल दर्ता गर्ने समय थपिएर आइतबारसम्म पुगेको छ । निर्वाचन आयोगमा दल दर्ताको प्रक्रियामा १६ दल रहेका छ । ती दलले आधिकारिता पाएको खण्डमा समेत निर्वाचन प्रयोजनका लागि दल दर्तामा जान सक्दछन् । यसबीचमा अझ केही दल थपिन सक्नेछन् ।

२०७९ को प्रतिनिधिसभाको चुनावमा ८४ वटा दलले सहभागिता जनाएका थिए । यसपटक यो संख्या बढेको छ ।
निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १३९ पुगेको छ । जेनजी आन्दोलनपछि मात्रै २३ नयाँ दल दर्ता भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *