Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर ८ गते ।

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विना विभागीय मन्त्रीको रुपमा रहेका मन्त्रीलाई जिम्मेवारी दिएका छन् । सोमबार उनको सिफारिसमा विना विभागीय मन्त्रीलाई मन्त्रालय तोकिएको हो ।

संविधानको धारा १६८ को ३ बमोजिम मुख्यमन्त्री नियुक्त भएर गत २४ कात्तिक बिहान बर्दिबासको एक होटलमा शपथग्रहण गरेका मुख्यमन्त्री यादवले ३ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए ।

विना विभागीय मन्त्रीको रुपमा नियुक्त भएका तीनैजनालाई आज जिम्मेवारी तोकिएको हो ।

नेकपा एमालेबाट विना विभागीय मन्त्री रहेका लखन दासलाई ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ । नेपाल संघीय समाजवादी पार्टीबाट मन्त्री बनेकी बिमला अन्सारीलाई गृह, सञ्चार तथा कानुन मन्त्रालय र राप्रपाबाट मन्त्री बनेकी कञ्चन विच्छालाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

मंसिर २ मा सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई कुनै पनि नीतिगत र दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *