सामाजिक फीड-
जनकपुरधाम, मंसिर ८ गते ।
विवाहपञ्चमी महोत्सवको अवसरमा मधेस प्रदेश सरकारले भोलि प्रदेशभर सार्वजनिक विदा दिएको छ। मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै भोलि प्रदेशभर सार्वजनिक विदा रहेको जनाएको हो ।
जनकपुरधाममा जारी साताव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत मुख्य दिन भोलि स्वम्वर तथा रातिमा वैवाहिक कार्यक्रम रहेकोमा संघ सरकारले बिदा नदिएपछि प्रदेश सरकारले बिदा दिएको हो ।
मधेस प्रदेश सरकारले विवाहपञ्चमीमा विदा दिने भनेर राजपत्रमै प्रकाशित सूचना प्रकाशित गरेकोमा सोही अनुसार बिदा दिइएको हो ।