Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर ८ गते ।

निर्वाचन आयोगमा दर्ता हुने दलको संखया १३२ पुगेको छ । हाम्रो पार्टी नेपालले दल दर्ताको प्रमाणपत्र लिएसँगै दलको संख्या १३२ पुगेको हो ।
आयोगका अनुसार प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा भएयता मात्रै १३ वटा नयाँ दल दर्ता भएका छन् ।

प्रतिनिधिसभाको निर्वाचनमा भाग लिनका लागि दलहरूले निर्वाचन प्रयोजनका लागि समेत दल दर्ता गर्नुपर्ने प्रावधान रहेकोमा प्रतिनिधि सभा निर्वाचनमा भाग लिने गरी ५६ दलले दल दर्ता गरेका छन् ।

निर्वाचन प्रयोजनका यही १० मंसिरसम्मको समय दल दर्ता गर्ने समय तोकिएको छ । मंसिर १० सम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने दलहरूले चुनाव लड्न पाउँछन् ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम अनुसार आगामी ६ माघमा उम्मेदवारको मनोनयन पत्र दर्ताको समय छ । सोही दिन बेलुका उम्मेदवारको सूची प्रकाशन हुनेछ।
फागुन २१ मा निर्वाचन हुने कार्यतालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *