सामाजिक फीड-
जनकपुरधाम, मंसिर ८ गते ।
पाकिस्तानको पेशावरस्थित अर्धसैनिक बल फ्रन्टियर कोर (एफसी) मुख्यालयमा सोमबार बिहान आतंकवादी हमला भएको छ।
घटनामा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ भने पाँच जना घाइते भएका छन्।
बीबीसीका अनुसार पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले आक्रमणमा तीन जनाको मृत्यु भएको जानकारी दिएका छन्।
एफसी मुख्यालय पेशावरको घना बस्ती क्षेत्रमा अवस्थित छ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।