सामाजिक फीड-
जनकपुरधाम, मंसिर ८ गते ।
सिराहा प्रहरीले लहानबाट एक हजार किलोभन्दा बढी गाँजासहित एक ट्रकका चालक र सहचालकलाई पक्राउ गरेको छ।
आइतबार पश्चिमबाट पूर्वतर्फ गइरहेको नम्बर ना५ख ३२०९ को ट्रकलाई लहान-१, ट्राफिक चोकमा विशेष सूचनाका आधारमा चेकजाँच गर्दा १,०१५ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालका अनुसार फल्स बटम बनाई क्याबिन पछाडितर्फ ३१ वटा बोरामा लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा बरामद गरिएको हो।
घटनासँग सम्बन्धित चालक -संखुवासभा, धर्मदेवी नगरपालिका-९ का २४ वर्षीय टंक विश्वकर्मा र
सहचालक – धनकुटा, छथर जोरपाटी-२ का २२ वर्षीय खेम राना मगरलाई नियन्त्रणमा लिएर जिल्ला अदालतमा उपस्थित गराइएको र थप अनुसन्धानका लागि पाँच दिनको म्याद लिइएको प्रहरीले जनाएको छ।