Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, ३ मंसिर गते ।

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल विरुद्ध दर्ता भएको प्रस्तावमाथी छलफलका लागि आज प्रदेशसभा बैठक बोलाइएको छ ।

पद अनुकुल आचरण नगरेको भन्दै दर्ता भएको प्रस्तावमाथि छलफल गर्न आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो ।

प्रदेशसभा सचिवालयका अनुसार बैठकमा सहभागिताका लागि प्रदेश सभा सचिवालयले सामाजिक सञ्जालको ग्रुपमार्फत सूचना पठाएको छ ।


उपसभामुख बबिता राउत ईशरको निर्देशनमा प्रदेश सभा बैठक बोलाइएको हो । सात दलीय गठबन्धनका ३२ जना प्रदेश सांसदले मंगलबार प्रदेशसभा बैठक बोलाउन उपसभामुख ईशरलाई ज्ञापनपत्र बुझाएका थिए ।

गत कात्तिक २७ गते मधेश प्रदेश सभामा सात दलीय गठबन्धनका ६४ जना प्रदेश सांसदले सभामुख मण्डलविरुद्ध पद अनुकुल आचरण नगरेको प्रस्ताव प्रदेशसभामा दर्ता गराएका थिए । सो विषयमा एक साताभित्र सदनमा छलफल गर्नुपर्ने कानुनी व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *