सामाजिक फीड-
जनकपुरधाम, मंसिर २ गते ।
राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेपछि प्रहरीले काठमाडौँ उपत्यकामा उच्च सतर्कता अपनाउन सर्कुलर जारी गरेको छ।
प्रसाईंका समर्थकहरूले मंगलबार बिहानदेखि पक्राउको विरोधमा प्रदर्शन गर्न सक्ने सूचना पाएपछि राति नै मातहतका सबै युनिटलाई सतर्क रहन निर्देशन गरिएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले बताए।
प्रसाईंलाई सोमबार मध्यराति भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरिएको हो। मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका उनले हिंसा भड्काउन सक्ने आशंकाका आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।