Skip to main content

सामाजिक फीड-
जनकपुरधाम, मंसिर २ गते ।

इन्टरपोलले रेड नोटिस जारी गरेका एक फरार अभियुक्त मलेसियामा पक्राउ परेका छन्। ठगी तथा संगठित अपराध मुद्दामा रेड नोटिस जारी भएका रौतहट कटहरिया नगरपालिका–१ का आकाशप्रसाद कुशवाहा एनसिबी क्वालालम्पुरको समन्वयमा पक्राउ परेका हुन्।

मलेसियामा पक्राउ परेका कुशवाहालाई सम्बन्धित मुद्दामा कारबाहीका लागि शनिबार नेपाल ल्याइएको नेपाल प्रहरीले जनाएको छ। उनी फरार रहेका कारण अन्तर्राष्ट्रिय खोजीका लागि नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागअन्तर्गतको इन्टरपोल शाखाले अनुरोध गरेको थियो। उक्त अनुरोधका आधारमा इन्टरपोल महासचिवालयले २०८० मंसिर २१ गते कुशवाहाविरुद्ध रेड नोटिस जारी गरेको थियो।

नेपाल फर्काइएका कुशवाहालाई थप अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहटमा बुझाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *