Skip to main content

सामाजिक फीड-
जनकपुरधाम, मंसिर १ गते ।

बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ।

गत वर्ष जुलाई–अगस्टमा भएको विद्रोहका क्रममा उनीमाथि मानवताविरुद्धको अपराध गरेको आरोप लगाइएको थियो। भारतमा निर्वासनमा रहेकी शेख हसिनाको अनुपस्थितिमा उनीविरुद्ध मुद्दा अघि बढाइएको थियो।

न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुमदारले ४५३ पृष्ठको फैसलालाई ६ भागमा वाचन गर्ने बताउँदै अन्ततः फैसला सुनाएका थिए। फैसलाको घोषणा बंगलादेश टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो।

अभियोजन पक्षले गत जुनमा शेख हसिनासहित तीन जनाविरुद्ध पाँचवटा आधिकारिक आरोप दायर गरेको थियो। यसै आधारमा न्यायाधिकरणले शेख हसिना र पूर्वगृहमन्त्री असदुज्जमा खान कमलविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *