Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर १ गते ।

मक्काबाट मदिना जाँदै गरेको एक बस साउदी अरबमा दुर्घटनामा पर्दा ४२ भारतीय यात्रुको मृत्यु भएको छ। सोमबार हैदराबादका यात्रुहरू लिएर मक्काबाट मदिना जाँदै गरेको बस डिजेल ट्याङ्करसँग ठोक्किँदा आगलागी भएको थियो। मृतकमध्ये २० महिला र ११ बालबालिका रहेको प्रारम्भिक रिपोर्टले जनाएको छ। अधिकांश यात्रु हैदराबादबाट उमरा तीर्थयात्राका लागि गएको बताइएको छ।

दुर्घटना मदिनाबाट करिब १६० किलोमिटर टाढा मुहरास नजिक भारतीय समयअनुसार राति १स्३० बजे भएको थियो। सो समयमा धेरैजसो यात्रु सुतिरहेका भएकाले ठोक्किएपछि लागेको आगोले मानवीय क्षति धेरै भएको अधिकारीहरूले बताएका छन्।

घटनापछि तेलंगाना सरकार रियादस्थित भारतीय दूतावाससँग निरन्तर समन्वयमा रहेको छ। मुख्यमन्त्री रेवन्त रेड्डीले दिल्लीमा रहेका अधिकारीहरूलाई दूतावाससँग सहकार्य गरेर पीडितहरूको पहिचान तथा आवश्यक औपचारिकता पूरा गर्न निर्देशन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *