Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २८ गते l

प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली संकलनमा देखिएको बढ्दो उत्साह र भीडलाई मध्यनजर गर्दै निर्वाचन आयोगलाई म्याद थप गर्न अनुरोध गरेकी छन्।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीसँग टेलिफोनमा भएको कुराकानीका क्रममा प्रधानमन्त्रीले नाम दर्ता प्रक्रिया सहज बनाउन पाँच दिन म्याद बढाउन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आयोग यस विषयमा सकारात्मक रहेको र पाँच दिन म्याद थप्न सकिने जानकारी भण्डारीले प्रधानमन्त्रीलाई दिएको सचिवालयले बताएको छ। सोहीअनुसार म्याद विस्तारको तयारी भइरहेको उल्लेख गरिएको छ।

राष्ट्रिय परिचय पत्रको विवरण प्रयोग गरेर अनलाइनमार्फत मतदाता नाम दर्ता गर्न मिल्ने व्यवस्था लागू भएपछि बिहीबारदेखि अनलाइन प्रणालीमा अत्यधिक चाप परेको थियो।

यसबीच प्रधानमन्त्री कार्कीले इन्टरनेट सर्भरमा देखिएका प्राविधिक समस्याप्रति चासो व्यक्त गर्दै छिटो समाधान गर्न आग्रह गरेकी छन्। सर्भरसम्बन्धी समस्या समाधान गर्दै प्रक्रिया अघि बढाइरहेको भण्डारीले जानकारी दिएका छन्।

यसअघि आयोगले कात्तिक ३० गतेसम्म नयाँ मतदाता नाम दर्ताको म्याद तोकेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *