सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २८ गते l
यातायात व्यवस्था विभागको डेटा सेन्टरमा पुनः समस्या देखिएपछि नयाँ चालक अनुमतिपत्र का लागि आवेदन दिने सेवा फेरि बन्द गरिएको छ।
१६ कात्तिकदेखि आंशिक रूपमा खुलेको नयाँ लाइसेन्स आवेदन प्रणाली आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि रोकिएको विभागले जनाएको छ।
गत २३ र २४ भदौमा भएको आन्दोलनका कारण विभागको संरचनामा ठूलो क्षति पुगेपछि लाइसेन्ससँग सम्बन्धित सबै डिजिटल सेवा अवरुद्ध भएका थिए। आंशिक रूपमा सञ्चालनमा आएको डेटा सेन्टरमा फेरि समस्या उत्पन्न भएपछि सम्पूर्ण सेवा बन्द गर्नुपरेको विभागको भनाइ छ।

कुन्जन मिश्र सामाजिक फीडका संवाददाता हून् ।