Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २० गते l

नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा १ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.५७ प्रतिशतले कम हो। अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको थियो।

बैंकको नाफा घट्नुमा ब्याज आम्दानीमा कमी र इम्पेरमेन्ट चार्जमा वृद्धि प्रमुख कारण बनेको छ। गत वर्ष पहिलो त्रैमासमा ४ अर्ब १४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्ष सोही सूचकमा घट्दै ३ अर्ब ९० करोड रुपैयाँ मात्र आम्दानी गरेको छ। त्यस्तै, अघिल्लो वर्ष ४७ करोड ७७ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज छुट्याएको बैंकले यस वर्ष ६४ करोड ७२ लाख रुपैयाँ छुट्याएको छ।

नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेर २५ रुपैयाँ ९७ पैसा पुगेको छ। असोज मसान्तसम्म बैंकको प्रतिशेयर नेटवर्थ २४० रुपैयाँ ७२ पैसा रहेको छ। बैंकको निष्क्रिय कर्जा अनुपात ४.२४ प्रतिशत, सीडी अनुपात ७८.१४ प्रतिशत, कस्ट अफ फण्ड ४.३१ प्रतिशत र बेसरेट ५.५८ प्रतिशत रहेको छ।

हाल बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड रुपैयाँ र जगेडा कोष ३८ अर्ब ७ करोड रुपैयाँ रहेको छ। असोज मसान्तसम्म बैंकले ५ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *