Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १८ गते l

साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घट्दै २५९५.२४ विन्दुमा झरेको छ। अघिल्लो दिन सोमबार नेप्से ८.२४ अंकले घटेकोमा आज थप २७.६४ अंकले घटेको हो।

नेप्से घटेसँगै बजारमा कारोबार रकम पनि कम भएको छ। सोमबार ६ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा मंगलबार ५ अर्ब रुपैयाँ बराबरको कारोबार मात्र भएको छ। आज ३२२ वटा स्क्रिप्सको १ करोड ३ लाख ४३ हजार ८९८ कित्ता सेयर ५ अर्ब १५ करोड ७ लाख ६८ हजार ९३८ रुपैयाँमा कारोबार भए।

आज २१३ स्टक्सको मूल्य घट्दा केवल ३३ वटा स्टक्सको मूल्य बढेको छ। ३ स्टक्सको मूल्य भने स्थिर रहेको छ। माबिलुङ इनर्जी लिमिटेडको सेयर आज सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ। त्यस्तै, फ्रस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर ९.२० प्रतिशतले र बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्टको ६.३८ प्रतिशतले बढेको छ।

यस दिन सर्वाधिक घाटा मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले भोगेका छन्, जसको सेयर १० प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो।

राधी विद्युतले २२ करोडको सेयर कारोबार गर्दा, युनियन हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी र शिवम सिमेन्टले १८-१८ करोड रुपैयाँको कारोबार गरेका छन्। आज बजारका १३ वटा समूहको उपसूचकहरू नकारात्मक देखिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *