Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १८ गते l

गोरखाको चुमनुब्री गाउँपालिका-१ अन्तर्गत पाङबारी हिमालमा पाँच दिनदेखि बेपत्ता रहेका दुई इटालियन आरोही मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार पाङबारी हिमालको पहिलो शिविरमा ५१ वर्षीय फारोनातो स्तेफानो र २८ वर्षीय कापुतो अलेस्सान्द्रोको शव हिउँमा पुरिएको अवस्थामा फेला परेको हो। दुवैको शवलाई हेलिकोप्टरमार्फत सामागाउँ ल्याइएको उनले जानकारी दिए।

गत बुधबार पाङबारी हिमालबाट फर्कने क्रममा तीन इटालियन आरोही र एक नेपाली सहयोगी अलपत्र परेका थिए। तीमध्ये ६४ वर्षीय इटालियन नागरिक भेल्टर परलिनोलाई गत आइतबार हेलिकोप्टरमार्फत जीवितै उद्धार गरिएको थियो।

उनका साथमा रहेका नेपाली सहयोगी पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङको पनि सोही दिन उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *