Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १७ गते l

अफगानिस्तानको उत्तरी क्षेत्रमा सोमबार राति करिब १ बजे मजार–ए–शरीफ नजिक ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। प्रारम्भिक विवरण अनुसार भूकम्पबाट कम्तीमा ८ जनाको मृत्यु र १८० जना घाइते भएका छन्।

अधिकारीहरूले जनाएका अनुसार प्रभावित क्षेत्रमा खोज र उद्धार कार्य जारी रहेको छ। तालिबान सरकारका प्रवक्ता हाजी जैदका अनुसार बाल्ख प्रान्तको शोलगरा जिल्लामा सबैभन्दा बढी क्षति पुगेको छ।

भूकम्पका कारण अग्ला भवनहरू पनि ढलेका छन् र घाइतेहरूको संख्या बढ्ने सम्भावना रहेको अधिकारीहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *