Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १६ गते l

सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा प्रचलित सन्दर्भ मूल्यसूचीलाई विस्थापन गर्दै आधुनिक अनलाइन भन्सार डाटाबेस प्रणाली लागू गर्ने घोषणा गरेको थियो। यही योजनाअनुसार अर्थमन्त्री रामेश्वर खनालले शनिबार सो प्रणालीको अनलाइन माध्यमबाट शुभारम्भ गरे।

उद्घाटन कार्यक्रममा मन्त्री खनालले अर्थतन्त्रको महत्वपूर्ण खम्बा निजी क्षेत्रलाई सुरक्षा र सुशासनको प्रत्याभूति दिँदै सहज रूपमा व्यवसाय सञ्चालन गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए।

उनका अनुसार विश्व व्यापार संगठन द्वारा स्वीकृत ‘ग्याट भ्यालुएसन’ प्रणालीलाई नेपालको भन्सार ऐन र नियमावलीमा समावेश गरिएको छ, र सोही अनुसार कारोबार मूल्यलाई मान्यता दिने गरी ‘अनलाइन कस्टम डाटाबेस’ प्रणाली परीक्षणका रूपमा कार्यान्वयनमा ल्याइएको हो।

यस प्रणालीले वैध व्यापारलाई प्रोत्साहन गर्ने, मूल्य अभिवृद्धि कर र अन्य कर संकलनमा पारदर्शिता ल्याउने, अनौपचारिक कारोबारमा कमी ल्याउने तथा उद्योग–व्यवसायको वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *