सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १६ गते ।
वैशाखयता विपद्का घटनामा परेर देशभर तीन सय ३५ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार यो वर्षको कात्तिक १५ गतेसम्म देशभर ४ हजार ५९७ वटा विपद्जन्य घटना भएका छन् ।
उक्त अवधिमा ४१ जना बेपत्ता हुँदा एक हजार २६४ जना घाइते भएका छन् ।
बाढीका ३ सय १६ घटना हुँदा ३७ जनाको मृत्यु र २७ जना बेपत्ता भएका छन् ।
यस्तै, पहिरोका ५ सय ५० घटना हुँदा ६७ जनाको मृत्यु र ४ जना बेपत्ता तथा चट्याङका ३ सय ५६ घटना हुँदा ४४ जनाको मृत्यु भएको हो ।
सर्पदंशका ५ सय ३८ घटना हुँदा ९२ जनाको मृत्यु, जनावरको आक्रमणका २ सय ६९ घटनामा २५ जनाको मृत्यु र एक बेपत्ता, लेक लागेका ८० घटनामा २७ जनाको मृत्यु भएको छ ।
यस्तै, प्राधिकरणका अनुसार भारी वर्षाका ४ सय २० घटनामा ७, आगलागीका १ हजार ६१४ घटनामा २६ र हुरीबतासका २ सय ८६ घटनामा आठ जनाको मृत्यु भएको छ ।
प्रवक्ता महतले हिउँ पहिरोमा परी ९ जना बेपत्ता भएको जनाएका छन । शनिबार मात्रै विभिन्न विपद्जन्य घटनामा २ जनाको मृत्यु भएको छ । प्राधिकरणले विपदजन्य ४६ घटना भएको र उक्त विपद्ले ३१ जिल्ला प्रभावित बनाएको जानकारी दिएको छ ।