सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १४ गते l
सुर्खेतको भेरीगंगा नगरपालिका-१२ मसिना टोलमा छोराले आमाको धारिलो हतियारले हत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंग बुढाथोकीका अनुसार भेरीगंगाका करिब ३५ वर्षीय कविराम बस्नेतले आफ्नी ५० वर्षीया आमा धनीकला बस्नेतको फरुवाले टाउकोमा प्रहार गरी हत्या गरेका हुन्।
सुतिरहेकी आमामाथि प्रहार गर्दा धनीकला गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिए पनि चिकित्सकले शुक्रबार बिहान सवा आठ बजे उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार हत्याको कारण अहिलेसम्म खुल्न बाँकी छ। घटनापछि फरार भएका कविरामलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको टोलीले छिन्चु बजार क्षेत्रमा नियन्त्रणमा लिएको छ।

कुन्जन मिश्र सामाजिक फीडका संवाददाता हून् ।