Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १३ गते l

जेनजी आन्दोलनको क्रममा प्रहरीको बर्दी लगाएर लुटपाट र आगजनी गर्ने तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका १८ वर्षीय रिहान गुरुङ, नुवाकोट घर भएका १८ वर्षीय समीर श्रेष्ठ, र रामेछाप घर भएका १७ वर्षीय दिवस बस्नेत रहेका छन्।

प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरुलाई बुधबार गोकर्णेश्वरको तालिनचोकबाट पक्राउ गरेको हो। प्रहरीले जनाएको छ कि उनीहरुले आन्दोलनको क्रममा प्रहरी बर्दी लुटेर लगाएका थिए र विभिन्न स्थानमा आगजनी तथा तोडफोड गरेका थिए।

साथै, प्रहरीले घटनास्थलको सीसीटिभी फुटेजको आधारमा उनीहरुको पहिचान गरी पक्राउ गरेको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *