सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १३ गते l
प्रतिकूल मौसमका कारण बिहीबार बिहानदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान प्रभावित भएका छन् ।
विमानस्थल कार्यालयका अनुसार कतारको दोहाबाट काठमाडौं आइरहेको नेपाल एयरलाइन्सको जहाजलाई भारतको नयाँदिल्ली ‘डाइभर्ट’ गरिएको छ । त्यसैगरी दिल्लीबाट आएको एयर इन्डियाको जहाज लखनऊतर्फ ‘डाइभर्ट’ गरिएको छ भने इन्डिगो एयरको जहाज समेत पुनः दिल्ली फर्काइएको छ ।
मौसमी खराबीका कारण अन्तर्राष्ट्रिय मात्र होइन, आन्तरिक उडानहरू पनि प्रभावित भएका छन् । आज बिहान लुक्लातर्फका सबै निर्धारित उडान रद्द गरिएको विमानस्थलले जनाएको छ । कम दृश्यता (भिजिबिलिटी)का कारण जहाजहरूले निर्वाध रूपमा उडान र अवतरण गर्न नसकेका हुन् ।

कुन्जन मिश्र सामाजिक फीडका संवाददाता हून् ।