सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १२ गते ।
गृहमन्त्री ओमप्रकाश अर्यालसँग अमेरिकी राजदूत डिन आर. थम्पसनले बुधबार सिंहदरबारमा भेटवार्ता गरेका छन्। गृहमन्त्री अर्यालको सचिवालयका अनुसार छलफलमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, सुरक्षा तथा शान्ति कायम राख्ने विषयमा कुरा भएको छ।
अमेरिकी राजदूत थम्पसनले मुलुकभर शान्ति र सुरक्षा कायम राख्न गृह मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले खेलेको भूमिकाको प्रशंसा गरेका छन्। जवाफमा मन्त्री अर्यालले वर्तमान सुरक्षा अवस्था दिनप्रतिदिन सुधार हुँदै गएको जानकारी दिएका छन्।
भेटवार्तामा अमेरिकी राजदूतले एमसीसी परियोजनाबारे पनि चासो व्यक्त गरेका छन्। त्यस्तै, मन्त्री अर्यालले निर्वाचन आयोगसँग सुरक्षा आवश्यकताका विषयमा निरन्तर परामर्श भइरहेको जानकारी दिएका छन्।

कुन्जन मिश्र सामाजिक फीडका संवाददाता हून् ।