Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १२ गते ।

रुपन्देहीमा यात्रुवाहक ईभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी गणेश सापकोटाका अनुसार दुर्घटनामा सैनामैना-८ बाँसगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका-५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम बिकको मृत्यु भएको हो। गम्भीर घाइतेको कपिलवस्तुको पिपरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते हुनेमा गाडीका चालक ३५ वर्षीय विक्रम श्रेष्ठ, उनका १० वर्षीय छोरा समिर श्रेष्ठ, ३२ वर्षीय सोनु चौधरी र ३९ वर्षीय अशोक थापा रहेका छन्। उनीहरूलाई टाउकोमा गम्भीर चोट लागेको र मध्यरातमा थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बागमती प्रदेश ०१-००६ ख ७७८२ नम्बरको ईभी गाडी रुपन्देहीको रुद्रपुरतर्फ जाँदै गर्दा राति करिब १०:३० बजे अनियन्त्रित भई सडक किनारको रुखमा ठोक्किएर करिब तीन मिटर तल खसेको थियो। गाडी नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *