सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १२ गते ।
सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदैछ ।
सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुने बताए ।
उनका अनुसार अहिलेसम्म १६ वटा मुद्दा दायर भएका छन्।
गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनपछि भदौ २७ गते सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो।
प्रधानमन्त्री कार्कीको सिफारिसमा सोही दिन राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए।
भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सर्वोच्च अदालत पूर्ण जलेको छ। अदालत जलेपछि त्रिपालमा सञ्चालित भइरहेको छ।