सामाजिक फीड–
जनकपुरधाम, कार्तिक ९ गते ।
प्रधानमन्त्री सुशीला कार्कीले ४ जना मन्त्रीको नाम सिफारिस गरे पनि आज २ जनाको मात्रै शपथ हुने भएको छ। राष्ट्रपति भवन शीतल निवासमा साढे २ बजेपछि मन्त्रीहरूको शपथ कार्यक्रम हुने स्रोतले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ता सिफारिस भएका छन्। डा. सुधा पूर्व स्वास्थ्य सचिव हुन् भने बब्लु ‘१०० ग्रुप’ का अध्यक्ष हुन्।
प्रधानमन्त्री कार्कीले गणपतिलाल श्रेष्ठलाई भूमि मन्त्रीमा सिफारिस गरेकी थिइन्। उनका नाम पहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा थियो। स्रोतका अनुसार श्रेष्ठको नियुक्ति अझै छलफलमै छ।
त्यस्तै, खगेन्द्र सुनार श्रम मन्त्रीमा सिफारिस भए पनि उनीविरुद्ध तीन अदालतमा मुद्दा रहेको तथ्य बाहिर आएको छ। यस कारण श्रेष्ठ र सुनारलाई आज शपथ नदिइने भएको छ।
यसैले आज केवल डा. सुधा शर्मा गौतम र बब्लु गुप्ताको मात्रै शपथ हुने जनाइएको छ।