सामाजिक फीड–
जनकपुरधाम, कार्तिक ९ गते ।
सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सिफारिस भएका खगेन्द्र सुनारको नाममा विवाद भएपछि अहिले छलफल चलिरहेको छ ।
उनलाई मन्त्रीको शपथ खुवाउने कि नखुवाउने भन्नेबारे अहिले छलफल भइरहेको उच्च स्रोतले जनाएको हो । प्रधानमन्त्री कार्कीले सुनारसहित अन्य तीन जनालाई मन्त्रीमा सिफारिस गरेकी थिइन् ।
तर, सुनार प्रहरीको फरार सूचीमा रहेको तथा उनी विरुद्ध विभिन्न अभियोगमा मुद्दा दर्ता भएका देखिएको थियो ।
कार्कीले अन्य मन्त्रीहरूमा डा। सुधा शर्मा गौतम, गणपति लाल श्रेष्ठ र बब्लु गुप्तालाई सिफारिस गरेकी हुन् । गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गुप्तालाई युवा तथा खेलकुद मन्त्रालय र श्रेष्ठलाई भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।