Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम, कार्तिक ९ गते ।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्न लागेकी हुन । थपिन लागेका चार मन्त्रीले आइतबार दिउँसो साढे २ बजे शपथ लिन लागेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीले अढाई बजेका लागि शपथको समय निर्धारण गरिएको जानकारी दिए ।

प्रधानमन्त्री कार्कीले खगेन्द्र सुनार, गणपतिलाल श्रेष्ठ, डा।सुधा शर्मा गौतम र बब्लु गुप्तालाई मन्त्री बनाउन लागेकी हुन् । डा.गौतम स्वास्थ्य तथा जनसङ्ख्या, सुनार श्रम तथा रोजगार, श्रेष्ठ भूमि व्यवस्था, गुप्ता युवा तथा खेलकुद मन्त्री बन्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *