Samajik Feed – News Portal from Nepal

मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा रु १० अर्ब ८४ करोड ३ लाख बराबरका वस्तु तथा सामान आयात भएका थिए। तर, चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा यो नाकाबाट हुने निर्यातमा कमी आएको छ। यस अवधिमा विभिन्न मुलुकहरूमा रु ४ अर्ब ८० करोड ३९ लाख बराबरका सामान निर्यात भएका छन्।

गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा रु ६ अर्ब ८ करोड ६९ लाखका वस्तु तथा सामान निर्यात भएका थिए। यस आधारमा मेची नाकाबाट हुने निर्यात २१ दशमलव ०८ प्रतिशतले घटेको सूचना अधिकारी हुमागाईंले जानकारी दिए।

पूर्वी नाकाबाट निर्यात हुने मुख्य वस्तुहरूमा अलैंची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भेनियर सिट र मोलासिसजस्ता सामग्रीहरू रहेका छन्। त्यस्तै, आयात हुने मुख्य वस्तुहरूमा पेट्रोलियम पदार्थ, जुट, दलहन, पशु आहाराका कच्चा पदार्थ, तरकारी, फलफूल, खनिज उत्पादन र तयारी कपडालगायत रहेका छन्।

कार्यालयका तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा आयात-निर्यातबाट रु ४ अर्ब १५ करोड २० लाख ८ हजार राजस्व संकलन गरिएको छ। यो अघिल्लो वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा १५ दशमलव ६९ प्रतिशत अर्थात् रु ५६ करोड २९ लाख ९७ हजारले बढी हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *