सामाजिक फीड
जनकपुरधाम, असोज २८ गते ।
संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ । मंगलबार अदालतमा ५ वटा रिट पेस भएको हो ।
वर्तमान सरकार काम चलाऊ रहेको भन्दै दीर्घकालीन असर पर्ने कुनै पनि कार्य नगर्नु नगराउनु भन्दै रिट पेस भएको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिए ।
जेनजी आन्दोलनपछि अन्तरिम सरकारको नयाँ प्रधानमन्त्री बनेकी सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटन गरेका थिए । संसद विघटन गरेर फागुन २१ मा मध्यावधि निर्वाचन समेत घोषणा गरेका छन् । सबै रिट अध्ययनका क्रममा रहेको सर्वोच्च प्रशासनले जनाएको छ ।