Samajik Feed – News Portal from Nepal


सामाजिक फीड
जनकपुरधाम, असोज २८ गते ।

मंगलबार नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, एकैदिन ८ हजार १०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५ सय रुपैयाँ पुगेको छ।

यसअघि सोमबार सुनको मूल्य प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि उच्च बिन्दुमा पुगेको छ। सोमबार प्रतितोला ३ हजार २ सय २० रुपैयाँ रहेको चाँदी मंगलबार बढेर ३ हजार ३ सय २५ रुपैयाँमा पुगेको छ, जुन अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *