समाजिक फीड
जनकपुरधाम, असोज २४ गते ।
डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख, सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार, नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको चिउरीबाससम्मको ट्रयाक खोलिसकिएको छ। आज दिउँसोसम्म सम्पूर्ण क्षतिग्रस्त खण्डमा ट्रयाक निर्माण पूरा गर्ने योजना रहेको उनले जानकारी दिए।
उनले भने ट्रयाक खुलेपछि केही सवारी साधन प्रयोग गरी परीक्षण गरिनेछ। त्यसपछि शनिबार बिहानदेखि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
बाढीका कारण रोशी क्षेत्रमा करिब चार किलोमिटर सडक कटान भएको थियो। मंगलबारदेखि औपचारिक रूपमा डाइभर्सन निर्माण सुरु गरिएको हो। बिहीबार दिउँसोदेखि रातिसम्म झण्डै दुई दर्जन मेसिन परिचालन गरी अस्थायी सडक बनाउने कार्य भइरहेको छ।
योगेशले थपे, ट्रयाक निर्माणपछि केही साँघुरा मोड र खतरनाक स्थानमा थप मर्मत आवश्यक देखिएको छ। आज साँझसम्म सबै काम सम्पन्न गर्ने लक्ष्य छ।”
हाल डाइभर्सन निर्माणको काम रोशी गाउँपालिकाको माम्ती क्षेत्रमा केन्द्रित गरिएको छ।
गत साताको बाढी र पहिरोले राजमार्गका १७ स्थानमा क्षति पुर्याएको छ। अघिल्लो वर्षको बाढीले पनि यस्तै क्षति पुर्याएको हुँदा अस्थायी डाइभर्सनमार्फत सडक सञ्चालन हुँदै आएको थियो।
यसैबीच, बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले क्षतिग्रस्त खण्डहरूको स्थलगत निरीक्षण गर्दै डाइभर्सन निर्माण कार्य तीव्र बनाउन निर्देशन दिएका छन्। उनले रातको समयमा पनि काम गरेर आज बेलुकासम्म सवारी सञ्चालन हुने गरी काम अघि बढाउनू आग्रह गरेका थिए।
स्थायी पुनर्निर्माणका लागि सडक विभागले राजमार्गलाई चार खण्डमा बाँडी ठेक्का प्रक्रियामा लैजाने तयारी गरिरहेको छ। पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने छोटो दूरीको विकल्पको रूपमा रहेको बीपी राजमार्ग हुँदै दैनिक हजारौँ सवारी साधन सञ्चालन हुने गर्छन्।
गत साताको बाढीले क्षति पुर्याएको बीपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक ९डाइभर्सन० निर्माण गरी शनिबार बिहानदेखि सवारी सञ्चालनको तयारी भइरहेको छ। काभ्रेपलाञ्चोक जिल्लामा पर्ने सडकखण्डमा खोलाको बहाव मोडेर नयाँ ट्रयाक खोल्ने काम तीव्र गतिमा भइरहेको छ।
डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख, सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार, नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको चिउरीबाससम्मको ट्रयाक खोलिसकिएको छ। आज दिउँसोसम्म सम्पूर्ण क्षतिग्रस्त खण्डमा ट्रयाक निर्माण पूरा गर्ने योजना रहेको उनले जानकारी दिए।
उनले भने, ूट्रयाक खुलेपछि केही सवारी साधन प्रयोग गरी परीक्षण गरिनेछ। त्यसपछि शनिबार बिहानदेखि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
बाढीका कारण रोशी क्षेत्रमा करिब चार किलोमिटर सडक कटान भएको थियो। मंगलबारदेखि औपचारिक रूपमा डाइभर्सन निर्माण सुरु गरिएको हो। बिहीबार दिउँसोदेखि रातिसम्म झण्डै दुई दर्जन मेसिन परिचालन गरी अस्थायी सडक बनाउने कार्य भइरहेको छ।
योगेशले थपे, “ट्रयाक निर्माणपछि केही साँघुरा मोड र खतरनाक स्थानमा थप मर्मत आवश्यक देखिएको छ। आज साँझसम्म सबै काम सम्पन्न गर्ने लक्ष्य छ।”
हाल डाइभर्सन निर्माणको काम रोशी गाउँपालिकाको माम्ती क्षेत्रमा केन्द्रित गरिएको छ।
गत साताको बाढी र पहिरोले राजमार्गका १७ स्थानमा क्षति पुर्याएको छ। अघिल्लो वर्षको बाढीले पनि यस्तै क्षति पुर्याएको हुँदा अस्थायी डाइभर्सनमार्फत सडक सञ्चालन हुँदै आएको थियो।
यसैबीच, बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले क्षतिग्रस्त खण्डहरूको स्थलगत निरीक्षण गर्दै डाइभर्सन निर्माण कार्य तीव्र बनाउन निर्देशन दिएका छन्। उनले ूरातको समयमा पनि काम गरेर आज बेलुकासम्म सवारी सञ्चालन हुने गरी काम अघि बढाउनू आग्रह गरेका थिए।
स्थायी पुनर्निर्माणका लागि सडक विभागले राजमार्गलाई चार खण्डमा बाँडी ठेक्का प्रक्रियामा लैजाने तयारी गरिरहेको छ। पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने छोटो दूरीको विकल्पको रूपमा रहेको बीपी राजमार्ग हुँदै दैनिक हजारौँ सवारी साधन सञ्चालन हुने गर्छन्।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।