समाजिक फीड
जनकपुरधाम, असोज २४ गते ।
विदेशमा रोजगारीका लागि गएका नेपाली श्रमिकहरूले अब दैनिक रूपमा २५ लाख रुपैयाँसम्म रेमिट्यान्स पठाउन पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०८१ मा संशोधन गर्दै यो नयाँ व्यवस्था लागू गरेको हो।
संशोधित परिपत्रमा उल्लेख छ: ‘नेपाली वा विदेशी नागरिक, नेपालमा दर्ता भएका फर्म, कम्पनी, संस्था वा शाखा कार्यालयहरूले बिक्री, कमिशन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुनेगरी विदेशी नागरिक वा संस्थाबाट प्राप्त रकम इजाजतप्राप्त विप्रेषण कम्पनीमार्फत सम्बन्धित लाभग्राहीको खातामा जम्मा गर्ने गरी रु. २५ लाखसम्म (एकपटक वा पटक–पटक गरी) रेमिट्यान्स ल्याउन सकिनेछ।’
यसअघिसम्म दैनिक रूपमा अधिकतम २० लाख रुपैयाँसम्म रेमिट्यान्स ल्याउन पाइने व्यवस्था थियो।
त्यस्तै, नेपाल राष्ट्र बैंकले सुनको आयात सम्बन्धी व्यवस्थामा पनि परिवर्तन गरेको छ। अबदेखि दैनिक रूपमा २५ किलोग्रामसम्म सुन आयात गर्न पाइनेछ। यसअघि यो सीमा २० किलोग्राम थियो।