समाजिक फीड
जनकपुरधाम, असोज २४ गते ।
राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दल र सरकारसँग आगामी निर्वाचनसम्बन्धी विषयमा संवाद गर्ने निर्णय गरेका छन्। संसद् विघटनपछि निर्वाचनलाई लिएर राजनीतिक दलहरु र सरकारद्वारा पूर्व तयारी गर्नुपर्ने आवश्यकताका कारण राष्ट्रपतिले छलफल गर्न लागेको हो।
राष्ट्रपति कार्यालयका अनुसार, प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको वातावरण बनाउन राजनीतिक दलहरुसँग संवाद गर्न पहल गर्ने अनुरोध गरेपछि राष्ट्रपति पौडेलले आज शीतल निवासमा दल र सरकारसँग छलफल आह्वान गरेका हुन्। सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने कार्यक्रम अघि सारेको छ। तर, निर्वाचन प्रक्रिया अघि ‘स्टेकहोल्डर’ दलहरुसँग पर्याप्त संवाद नहुनु आदिको कारण, राष्ट्रपति पौडेलले यस संवादलाई आवश्यक ठानेका हुन्।