Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, असोज २३ गते ।

सरकारले बारा र पर्सा जिल्लामा हैजाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाको नेतृत्वमा, विश्व स्वास्थ्य संगठन (WHO) र युनिसेफको प्राविधिक सहयोगमा यो अभियान असोजदेखि कात्तिक महिनाभित्र सञ्चालन गरिनेछ।

पर्सा जिल्लाका सबै १४ वटै स्थानीय तहहरू र बारा जिल्लाका ६ स्थानीय तहमा एक वर्षभन्दा माथिका व्यक्तिहरूलाई यो खोप दिइने महाशाखाले जानकारी दिएको छ।

गत भदौ ६ गते पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुरली टोलबाट सुरु भएको हैजा फैलिंदै गएको छ। हालसम्म पर्सा र बारा जिल्लामा गरी १,६८५ जना हैजाका बिरामी फेला परिसकेका छन्। यही कारण सरकारले हैजाविरुद्ध खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

यो खोप मुखबाट दिइने प्रकारको हो र यसको केवल एक मात्रा मात्र आवश्यक पर्छ। यसअघि काठमाडौं उपत्यका र कपिलवस्तुमा पनि यस्तै हैजाविरुद्धको खोप दिइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *