समाजिक फीड
जनकपुरधाम, असोज २२ गते ।
नेकपा एमालेले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सतिशकुमार सिंह नेतृत्वको सरकारबाट बाहिने निर्णय गरेको छ।
एमाले संसदीय दलका नेता सरोजकुमार यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको बताए ।
उनका अनुसार आज नै एमालेबाट मन्त्री रहेका सबैजनाले मुख्यमन्त्रीलाई राजीनामा बुझाउने छन् ।
एमालेका मधेस प्रदेश अध्यक्ष चन्देश्वर मण्डलले अब कांग्रेसको नेतृत्वमा सरकार बन्ने विषयमा सहमति भएको बताए ।
मुख्यमन्त्री सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै जनमत पार्टी, नेपाली कांग्रेस यसअघि नै बाहिरिएको हो ।
मुख्यमन्त्री सिंह भने पार्टीको निर्देशन विपरित राजीनामा नदिई मुख्यमन्त्री पदमा बसेका हुन् ।